सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं : सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
बुधबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करका लागि थप ०.७९ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।
गत वर्ष बैंकले १ अर्ब ४ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यही नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएको हो । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ छ ।
अघिल्लो वर्षको नाफाबाट भने बैंकले गत वर्ष २० प्रतिशत बोनस सेयर दिएको थियो ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५९ करोड छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब २८ करोड रुपैयाँ हुनेछ । राष्ट्र बैंकले स्वीकृति गरेपछि र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै बोनस सेयर वितरण हुनेछ ।
राष्ट्र बैंकले यसअघि नै चालू आर्थिक वर्षभित्रै वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने घोषणा गरिसकेको छ ।
जसअनुसार यो बैंकले अझैपनि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन २ अर्ब ८२ करोड रुपैयाँ अपुग छ । त्यसका लागि बैंकसँग थप हकप्रद सेयर जारी गर्ने र मर्जरमा जाने दुई विकल्प छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका