स्पेनमा ज्यान गुमाएका स्याङ्जाकाे पुजन कोइरालाको परिवारलाई आर्थिक सहयोग

भदौ २२, २०७६

स्याङ्जा – वैदेशिक रोजगारीका क्रममा स्पेनमा ज्यान गुमाएका स्याङ्जाकाे   पुजन कोइरालाको परिवारलाई २ लाख २५ हजार  ७ सय ५२ रुपैयाँ प्रदान गरिएको हो ।

पुजनको २०६७ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो । काठमाण्डौमा बस्दै आउनुभएकी पुजनकी आमा देवी कोइरालालाई शनिबार वालिङमा पत्रकार, समाजसेवी तथा जनप्रतिनिधिहरुको सहभागितामा आर्थिक सहयोग प्रदान गरिएको छ ।

बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाउनु भएको थियो । एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले बेल्जियममा रहेका स्याङ्जाली तथा अरु नेपालीहरुले पुजनको सम्झनामा संकलित रकम हस्तान्तरण गरिएको समाजसेवी नेत्रप्रसाद पाण्डेले बताउनुभयो ।

श्रीमान र छोरा समेत गुमाउनुभएकी पुजनकी आमा अहिले छोरीको साथमा काठमाण्डौमा बस्दै आउनुभएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको