एसी यू–१९ एसिया कप क्रिटबाकेट नेपाल बाहिरियो

भदौ २२, २०७६

एसीसी यू–१९ एसिया कप क्रिकेटबाट नेपाल बाहिरिएको छ ।पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । अब नेपालले मंगलबार सान्त्वना जितको खोजिमा यूएईसँग खेल्नेछ । यो समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालले दिएको २६२ रनको लक्ष्य बंगलादेशले ४९ दशमलत ९८ रन बनाएर बंव २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । बंगलादेशलाई जिताउनका लागि कप्तान अकबर अलिले उत्कृष्ट ब्याटिङ गरे । उनले ८२ बलको सामना गर्दै अविजित बंगलादेशलाई जित दिलाए । उनीसँगै समिम हसन ४२ रनमा अविजित रहे । यी दुईले १३० रनको साझेदारी गरे ।सुरुमै रसिद खानले तन्जिद हसनलाई एलबीडब्ल्यूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि अनिक सरकार सातुलाई कमलसिंह ऐरीले पेभेलियन पठाएर नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।
१९ रन बनाउँदा २ विकेट गुमाएको बंगलादेशका लागि मोहमदुल हसन जोय र तौहिद हृदोयले ७९ रनको साझेदारी गरेपछि टिम सम्हालिएको थियो । जोय ४० रन बनाउँदै हरिबहादुर चौहानबाट कट एण्ड बोल्ड भएका थिए । हृदोयले ९८ रन बनाए । उनी ६० रन बनाएर कमलसिंह ऐरीको बलमा आउट भएका थिए । नेपालका कमलसिंह ऐरीले २ तथा हरिबहदुर चौहान र रसिद खानले समान १र१ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको थियो । नेपालका लागि पवन शर्राफ र सन्दीप जोराले अर्धशतक प्रहार गरे । शर्राफ ८१ रनमा आउट हुँदा जोरा ५६ रनमा पेभेलियन फर्किएका थिए । यसैगरी नेपालका लागि रित गौतमले ३२ तथा कुशल मल्लले २८ रनको योगदान गरे । त्यसैगरी भीम सार्कीले २१ तथा रोहित पौडेलले १४ रनको योगदान दिए ।बंगलादेशका लागि तन्जिम हसन सकिब र शाहिन अलामले समान २र२ विकेट लिए । त्यस्तै मृत्युन्जोय चौधरी, रकिबुल हसन, मिनहजुर रहमान र टोहिड हृदोले समान १र१ विकेट हात पारे ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको