नेपाल राष्ट्र बैङ्कले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली लागु गर्याे

३ वर्ष अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले रियल टाइम ग्रस सेटलमेन्टप्रणाली(आरटीजीएस) लागु गरेर २ लाखरुपैयाँभन्दा बढीको कारोबारमा चेक नचाहिने भएको छ । २लाख कारोबारलाई स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबारगर्दा रियल टाइम ग्रस सेटलमेन्ट प्रणालीमार्फत् अनिवार्य रुपमा भुक्तानी गर्नुपर्नेछ । नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैङ्कहरुका लागि मङ्गलबारबाट लागु हुने गरी प्रणालीको शुरुवात गरेको छ । यसका लागि भदौ १९ मा केन्द्रिय बैङ्कले आरटीजीएस नियम लागु गरेको थियो । विकास बैङ्क र फाइनान्स कम्पनीका लागि भने यसमा सहभागि हुनका लागि पुस मसान्तभित्र आवेदन दिनुपर्ने व्यवस्थ गरिएको छ ।एउटा बैङ्कमा खाता भएको व्यक्तिले अर्को बैङ्कमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी दिन यो प्रणाली लागुगरिएको हो । यसअघि चेकबाट मात्रै भुक्तानी हुन्थ्यो । जसको क्लियरिङ भुक्तानीको भोलिपल्ट मात्रै हुन्थ्यो । अब तत्काल क्लियरिङ हुन्छआरटीजीएसमा प्रत्यक्ष सहभागी भएका बैङ्कहरुले स्ट्रेटथ्रुप्रोसेसिङ(एसटीपी)मार्फत् कारोबार गर्नुपर्नेछ । तर केही बैङ्कहरु एसटीपी लागु गर्ने क्रममा रहेकाले यस सिस्टमको वेभ सर्भिसमार्फत म्यानुअल्ली पनि कारोबार गर्न सक्नेछन् ।आरटीजीएस प्रणाली लागु भएपछि चेक चाहिँदैन । भुक्तानी गर्ने खातावालाले अर्को बैङ्कको खाता नम्बरमा यति रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिनेबित्तिकै भुक्तानी हुने भुक्तानी प्रणाली विभाग ले जनाएको छ ।भुक्तानी प्रणाली विभागका  अनुसार २ लाखभन्दा बढी कारोबार गर्दा स्वेच्छिक र २० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्यरुपमा प्रणालीमार्फत् गर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट