लोक सेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको निधन

भदौ २३, २०७६

ललितपुर – लोक सेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको ८४ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहनुभएका राईको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । संखुवासभाको पामा गाउँमा विक्रम संवत १९९३ सालमा जन्मनु भएका राईले दार्जीलिङ तथा अमेरिकाको मिचिगन विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गर्नु भएको थियो । उहाँ २०१८ सालमा सरकारी सेवामा प्रवेश गर्नु भएको थियो ।

त्यसपछि उहाँ २०२६ सालमा पाँचथर जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनु भएको थियो । त्यसपछि उहाँ २०४१ सालमा नेपाल सरकारको सचिव हुनुभयो । २०४८ सालमा लोक सेवा अयोगको सदस्यमा नियुक्त भएका राई २०५१ सालपछि लगातार दुई कार्यकाल अध्यक्ष हुनुभयो ।

राईकी श्रीमती ललिता राईको २०६८ सालमा निधन भैसकेको छ । उहाँका दुई छोरी अमेरिकामा बस्दै आएका छन् । सन्तबहादुर राईको प्रशासनिक यात्रा र भोगाइका बारेमा सन्तबहादुर राई प्रतिष्ठानले ‘सन्तबहादुर राई इतिवृत’ पुस्तक प्रकाशन गरेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको