६ जनाको ज्यान लिईसकेको यो स्क्रब टाइफस के हो ?

भदौ २२, २०७३

स्क्रब टाइफसबाट बैसाखयता ६ जनाको मृत्यु भएको छ। उक्त अवधिमा ३२ जिल्लाका २२२ जनामा ‘स्क्रब टाइफस’ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैभन्दा बढी यस रोगका बिरामी चितवनमा देखिएका छन्। यो रोगका कारण मृत्यु हुनेमा सङ्खुवासभाका दुई तथा भोजपुर, तनहुँ, गुल्मी र चितवनका एक/एक जना छन्। गतवर्ष यो रोगको सङ्क्रमणबाट १०१ जना बिरामी परेका थिए भने आठ जनाको मृत्यु भएको थियो। मुसाको कानमा बस्ने माइट (एक प्रकारको सुक्ष्म किरा) झारपातमा सर्ने र झारपातको माध्यमबाट मानिसमा सर्ने गर्दछ।

p276माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’जीवाणु शरीरमा प्रवेश गरेको व्यक्ति यो रोगवाट सङ्क्रमित हुने महाशाखाका विपद् व्यवस्थापन शाखाका प्रमुख डा गुणनिधि शर्माले बताए। यो रोगको उपचार गरी जोखिम न्युनीकरण गर्न सबै स्वास्थ्य चौकीमा औषधि विवरण गरिसकेको महाशाखाले जनाएको छ।
चिकित्सकका अनुसार यो रोगको सङ्क्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ। डा. शर्माका अनुसार स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि २० दिनमा यसको लक्षण देखिन थाल्दछ। व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने लक्षण देखिन्छन्। समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ।

‘कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ, त्यसैले तत्काल स्वास्थ्य संस्था गएर उपचार गराउनुपर्दछ,’ प्रमुख डा. शर्माले भने, ‘सामान्य उपचारबाट निको हुने रोग भए पनि उपचारमा ढिलाइ भएमा बिरामीको ज्यानै जान सक्छ।’ कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेको चिकित्सकको भनाइ छ। घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नुपर्‍यो भने केही बिछाएर मात्र बस्ने गर्नुपर्छ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले डक्सी साइक्लिन, एजिथ्रोमाइसिन, क्लाराम फनिकल, सिप्रोफोलाक्सिासिनमध्ये कुनै एक औषधि पाँचदेखि दस दिन प्रयोग गरे बिरामी पूर्णरुपमा निको हुने बताए। यो रोगको बारेमा ९० प्रतिशत पहिचान लक्षणकै आधारमा हुने भएकाले बाहिर प्रचार भएजस्तो कीटबिना उपचार नहुने गलत प्रचारप्रसार भइरहेको निर्देशक आचार्यको भनाइ छ। ‘स्क्रब टाइफस हो या हैन भन्ने पत्ता लगाउन मात्र कीटको आवश्यकता पर्ने हो,’ महाशाखाका निर्देशक डा आचार्यले भने, ‘यो रोगको ९० प्रतिशतभन्दा बढी पहिचान यसको लक्षणबाट नै हुने भएकाले औषधि चलाउन मिल्छ, कीटकै कारण उपचार रोकिँदैन।’ गत वर्ष भदौ १३ गते नेपालमा पहिलोपटक स्क्रब टाइफस देखिएको थियो। यो रोग मान्छेबाट मान्छेमा नसर्ने चिकित्सकको भनाइ छ। बिगुल न्युजबाट

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको