कर्णालीको स्याउले भारतीय स्याउलाई विस्थापित गर्दै,काठमाडौमा समेत उच्च माग

चक्र प्रसाद पोख्रेल भदौ २३, २०७६

काठमाडौं –पछील्लो समय कर्णालीको स्याउ अझ विशेष गरि जुम्लाको स्याउ भन्ने वितिकै सबैको मुखबाट पानी आउछ । जुम्ला संगै पछील्लो समय मुस्ताङको स्याउले पनि उतीकै महत्व पाएको छ ।एक दुई वर्ष अगाडीदेखी काठमाण्डौको मिनभवन लगायत आउटलेटहरुमा कर्णालीकै केहि व्यापारिहरुले जुम्ली स्याउ बेच्दै आएकाछन र उनीहरुले माग अनुसार बजारमा ल्याउन सकिरहेका छैनन् तर माग भने उच्च रहेको उनीहरु बताउछन छ ।उता पश्चिम नेपालको सबैभन्दा ठूलो बजार नेपालगन्ज बजारमा अहिले कर्णाली प्रदेशका स्याउले निकै बजार लिइरहेका छन । किलोको एक सय देखि एक सय २० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ।काठमाडौमा भने ढुवानी खर्च बढी लाग्नेहुदा केहि महंगो भयता पनि ग्राहकको रोजाइमा कर्णालीकै स्याउ पर्ने गरेको छ ।

नेपालगन्जमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायीहरु बताउछन। नेपालमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा र मुगुको स्याउको खुबै नाम छ।

जैविक मानिने भएकाले यो क्षेत्रको स्याउ प्रख्यात छ। नेपालगन्जका फलफूल व्यापारीहरु अहिले कर्णाली जिल्लाका स्याउ बिक्रीमा व्यस्त छन्। जुम्ला लगायतका जिल्लामा मोटरबाटो पुगेकाले अहिले सडक मार्गबाटै स्याउ आउँदा सस्तो पर्ने गरेको छ। नेपालगन्जमा दैनिक चाररपाँच ट्रक स्याउ आउने गरेको स्याउ व्यापारीहरु बताउँछन्।नेपालगन्जस्थित गुरुद्धार रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ। मण्डीबाट फुट्कर बिक्रेताहरुले किनेर बजारमा बिक्री गरिरहेका छन्। स्याउका खुद्रा व्यापारी असलम अन्सारीले कर्णालीको स्याउ रसिलो हुने भएकाले यहाँबाट उपभोक्ताले काठमाडौँमा पनि लैजाने गरेको बताए।

कर्णालीको स्याउले नेपालगन्जमा राम्रो बजार लिएपछि त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ। नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगन्जका सदस्य मेराइलाल साहु भन्छन्, “कर्णालीबाट अहिले एकै जातको स्याउलाई दुई वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ।”नेपालगन्ज ल्याइएका कर्णालीको स्याउ यहाँबाट बर्दिया र कैलालीमा पनि पठाउने गरिएको व्यवसायी साहुले बताए।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको