सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौ – अमलेखगञ्जबाट अन्यत्र डिजल ढुवानी गर्दा महँगो हुने भएकाले देशको मध्य भागसम्म पाइपलाइन पुर्याउन सरकारले तयारी थालेको हो ।
अन्यत्र डिजल ढुवानी गर्दा महँगो हुने भएकाले देशको मध्य भागसम्म पाइपलाइन पुर्याउन सरकारले तयारी थालेको हो । “चितवनको लोथरसम्म हामीले प्रारम्भिक सर्वेक्षण गरिसकेका छौँ, अब पाइपलाइन चितवनसम्म लैजान्छौ ।” निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भन्नुभयो ।
निगमले चितवनको लोथरसम्म पाइपलाइन पुर्याउन रुट सर्वे गरिसकेको छ । अब विस्तृत सर्वे गरिसकेपछि लागत पनि टुंगो लाग्नेछ । अहिले अमलेखगञ्जसम्म भारतबाट पाइपलाइनमार्फत तेल आए पनि पूर्वी र पश्चिम नेपालका डिपोबाट अमलेखगञ्ज जान भन्दा भारत जान नजिक पर्छ ।
अमलेखगञ्जमा अहिले दैनिक ४८ लाख लिटरसम्म डिजल ल्याउन सकिन्छ । यो देशको कुल मागको ७५ प्रतिशत हो । तर दूरी र कम भण्डारण क्षमताको कारण पूर्ण क्षमतामा डिजल ल्याउन सक्ने अवस्था छैन ।
यस्तै, निगमले काठमाण्डौसम्म पाइपलाइन विस्तारको अध्ययन थाल्ने भएको छ । निगमले काठमाण्डौ- तराई फास्टट्र्याकको छेउ हुँदै काठमाण्डौसम्म पाइपलाइन पुर्याउन रुटको अध्ययन गरिरहेको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका