नेकपा नेताको स्कारपियोमा आगजनी

चक्र प्रसाद पोख्रेल भदौ २४, २०७६

कैलाली –नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक स्थानीय नेताको स्कारपियोमा अज्ञात समूहले गएराति आगजनी गरेको छ ।कैलालीको घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा गौरी प्रसाद जोशीले आफ्नै घर आगाडि पार्किङ गरी राखेको बा ९ च ६५९७ नम्बरको स्कारपियोमा आगजनी भएको हो । जोशी नेकपाका जिल्ला तहका नेता हुन् ।गएराति करिब १२ बजे अज्ञात समुहले जोशीको घर अगाडि पार्किङ गरी राखेको स्कारपियोमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
आगजनीवाट स्कारपियोको अगाडीको भाग जलेर क्षति भएको बस्नेतले जानकारी दिए ।स्कारपियो आगजनी भएको स्थानमा कुनै पनि संगठनको पर्चा, पम्पलेट केही पनि नभेटिएको र अहिलेसम्म घटनाको कसैले जिम्मेवारी नलिएका कारण व्यक्तिगत रिसिबीका कारण स्कारपियोमा आगजनी गरिएको हुन सक्ने बस्नेतले बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको