चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति माग गर्दै प्रदर्शनी

भदौ २४, २०७६

 काठमाडौं – मंगलबार माइतीघरस्थित चिकित्सा शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति दिन र सबै विश्वविद्यालयको साझा एकीकृत प्रवेश परीक्षाको माग गर्दै चिकित्सा शास्त्रका विद्यार्थीहरुले  प्रदर्शन गरेका छन् ।

 चिकित्सा शिक्षा संघर्ष समितिको नामबाट भएको प्रदर्शनका सहभागीले ७५ प्रतिशत छात्रवृत्तिसम्बन्धी शिक्षा मन्त्रालयले दिएको निर्देशन पालना गर्न मेडिकल कलेजसँग माग गरेका छन् ।

त्यस्तै निजी मेडिकल कलेजहरुले लिएका अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब र सुविधा कायम हुनुपर्ने, नर्सिङ भोलिन्टियरिङ बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् । माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरमा आएर टुंगिएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको