नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगलागी

भदौ २६, २०७६

काठमाडौं –  कञ्चनपुर बेलौरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा आज बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगलागी भएको हो।

उक्त बस पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति केही नभएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए।

‘त्यहाँबाट आउँदै गरेको बस दाउन्ने पुगेर बिग्रिएको र यात्रुहरूलाई अर्को गाडीमा राखेर पठाएको थियो। पछि खाली गाडी बिग्रिएर बनाउन लग्ने क्रममा इन्जिन सर्ट भएर आगलागी भएको हो’, डिएसपी थापाले भने।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको