विप्लव का छोरा प्रकाश चन्द पक्राउ मुक्त

भदौ २६, २०७६

चितवन – सरकारबाट प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ ।

चितवन मेडिकल कलेजमा आन्दोलनरत १५ जना विद्यार्थीसहित प्रकाशलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

कलेजका प्रतिनिधिले कलेजको समस्या कलेजमै सुल्झाउने भनेपछि कलेजकै प्रतिनिधिको रोहबरमा प्रकाशसहित पक्राउ परेका सबैजनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेको भन्दै प्रकाशसहित १५ जना विद्यार्थीलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको