महेश र मेलिनाको ‘माया बिरानी’मा नाजिर र आँचलको रोमान्स (भिडियो सहित)

भदौ २६, २०७६

काठमाण्डौ- साङ्गितिक दुनियाँमा पछिलो समय चर्चा कमाउदै आएका गायक महेश काफ्लेले दर्शक स्रोता माझ अर्को गीत ल्याएका छन । संगीत क्षेत्रमा ‘नाच फिरिरि’बाट आफुलाई स्थापित बनाउन सफल काफ्लेको ‘माया बिरानी’ बोलको गीत म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन ।

उक्त म्युजिक भिडियो जि २१ डिजिटलको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ ।

महेश काफ्लेको शब्द सङ्गीत रहेको गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर गरिएको छ ।

असिम शाहले निर्देशन गरेको उक्त भिडियोलाई हरी हुमागाई र उत्तम हुमागाईले खिचेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।

भिडियो:


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको