सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं- दुई महिनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ । शनिबार प्रतितोला ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला ५ सयले घटेर ७१ हजार ५ सय पुगेको थियो ।
त्यस्तै मंगलबार सुनको मूल्य घटेर ७१ हजार पुगेको थियो । बुधबार भने सुनको मूल्य स्थिर रह्यो । आज पुनः सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँले गिरावट आएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सयले घटेको छ । तेजाबी सुनको मूल्य ७० हजार ५ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ८८० मा कारोवार भएको चाँदीको मूल्य पाँच रुपैयाँले घटेर ८७५ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर छ । केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० डलरसम्म पुगेको थियो । विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासङ्घले जनाएको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका