कथा : अनाैठाे भेट – जिज्ञासु पुष्पा

भदौ २७, २०७६

छाेरि बाेकेर म नाईट गाडिमा काठमाडौं गईरहेकाे थिएँ । मेराे छेउमा एउटा व्यक्ति थियाे। नानी धेरै राेईरहेकि थिई । उस्लाई फकाउन मैँले कत्ति दूध खुवाएँ तर अहँ फकाउनै सकिन । ३ बर्षकि मात्र थिई । बाबा बाबा भन्दै राेकि राई गरि, त्याे बेलामा मैँले उस्काे बाबा कहाँबाट ल्याउँ । जागिरे जीवन सँगै जान कहिल्यै काहिँ पनि भ्याउँदैनन् । हरेक रात सुत्नेबेलामा उस्लाई बाबा चाहिन्थ्याे । याे सबै दृष्य त्याे व्यक्तिले देखेर हाेला दया हाे या मायाले मलाई भन्याे “नानी मलाई दिनुस् त म बाेकिदिन्छु” त्याे बाेलि मलाई कहिँ सुनेजस्ताे लाग्याे । मैँले केही नभनी उस्लाई नानी दिएँ । उ नानी खेलाउनमै व्यस्त थियाे । त्यसपछि नानी उस्काे काखमा भुसुक्क निदाई । उस्ले नानी खेलाउँदै गर्दा मैँले उस्लाई धेरै नियाँले, राम्ररि नियाँले । बल्ल थाहा पाएँ उ काे हाे ?

समय कत्ति छिटाे बितेछ पत्तै भएन उ र म छुटेकाे पनि पाँच वर्ष भएछ । स्कुलमा पढ्दा सँगै पढेका हामी उ जहिल्यै पनि पहिलो म दाेस्राे हुन्थेँ । हर कुरामा साथ दिन्थ्याे, पढ्दा हाेस् या स्कुलका जुनसुकै कार्यक्रम हामीबिना अनाैठाे हुन्थ्यो । ९ कक्षा पढ्दादेखि म भित्र एउटा अनाैठाे अाभास चलेकाे थियाे । उ बिरामि भएर हप्ता दिन स्कुल नअाएकाेले त्याे हप्ता दिन मलाई बर्षाैँदिन बिताउनु परेजस्ताे भएकाे या भनाैँ अर्को जुनि नै फेर्नुपर्ने जस्ताे भयाे । कस्ताे अनाैठाे प्राणी जन्मियाे म भित्र, भरखरकाे फक्रँदाे र फुल्दाे उमेर त्यसमाथि यसबेलामा अर्काे लिङ्ग प्रति अाकर्षण हुनु स्वभाविक नै थियाे । त्याे हप्ता दिन मैँले कसरी कटाएँ भनेर उस्लाई कहिल्यै सुनाईन न त उस्ले नै साेध्याे, त्यसपछिका दिनहरूमा हरेक दिन उस्काे निगरानी राख्न थालेँ, साथिहरूले तिमी मन पराउँछाै भनेर साेध्दा पनि म भन्न सक्दिनथेँ केवल भन्ने गर्थें, उ मेराे असल साथि हाे । मेराे मनकाे कुरा म बाहेक कसैले सुनेन ।

भ्यालेन्टाईन डे मा उस्ले उस्लाई प्रपाेज गर्याे भनेकाे सुन्दा लाग्थ्याे, अाज मलाई उस्ले पनि राताे गुलाफ साथमा लिई प्रेम व्यक्त गर्न अाउँछ, अनि भन्नेछ म तिमिलाई जुनीजुनी साथ दिनेछु अनि कट्नेछ हाम्रा मिठामिठा पलहरू । तर अहँ त्यसाे कहिल्यै भएन । उस्लाई मलाई जस्ताे भयाे भएन, त्याे त थाहा छैन । कतै माया गरिकन पनि अाफ्नाे प्रेम व्यक्त नगरेकाे पनि त हुन सक्थ्यो उस्ले, त्यति राम्राे हाम्राे सम्बन्धलाई मायामा परिणत गर्न कुनै ठुलाे कुरै थिएन, बाध्यता हुन सक्थ्यो, भविष्य साेचेकाे हुन सक्थ्यो, अायअार्जनकाे विषय हुन सक्थ्यो ।

हरेक ६ दिन त के गर्छ उस्ले निगरानी राख्थेँ तर त्याे शनिबार मलाई कहिल्यै नअाए हुन्थ्यो भन्ने लाग्थ्यो, मेरा लागि निठूर थियाे त्याे शनिबार, हाम्रो बिछाेड गर्ने बार थिया त्याे शनिबार ।बिस्तारै म हराउँदै र एकाेहाेरिँदै गएकाे थिएँ । हिँजाेसम्म जे पनि बाेल्ने उ सँग धक नमान्ने म अाज केही शब्द बाेल्न खाेज्दा मात्रै अाेठ काँप्छन्, मुटुमा तिव्र रूपले धड्कनकाे गति बढ्ने, कताकता लाज लागेजस्तो महशुस हुन थाल्यो । याे के भईरहेकाे थियाे मलाई । उस्ले केही गर्दा अचानक मेराे हात मात्रै छुन पुग्यो भने पनि करेन्टकाे झटका लागेझैँ हुन्थ्यो ।

हामिले +२सकेर त्याे स्कुलबाट बिदा हुनुपर्याे, त्यसपछिका जीवन कसरी व्यतीत गर्ने भनी एउटा सपना बाेकेर निस्केका हामिबीच अाजसम्म मिलन भएन उ कता गयाे गयाे । मेराे भने अब जागिरे केटाे अायाे बिहे गर्नुपर्छ भनेर हतार हतार टिकाटालाे गर्न तम्सनु भयाे मेरा बाबुअामा, मैँले पनि नाईं भन्न सकिन । त्यसबेला नसम्झेकाे हाेईन उस्लाई अलिकति मात्रै संकेत दिएको भए म उस्लाई कुरिरहन्थेँ जुनीजुनीसम्म पनि तर उस्ले कहिल्यै केही भनेन त्यसैले पनि उस्काे बाटो हेर्नू र उस्लाई कुर्नु व्यर्थ नै थियो । अाज त्यसकाे ठिक पाँच ५ वर्ष पछि एकै सिटमा जुरायाे, जाेडिजस्तै बनाएर । मैँले एकाेहाेराे उस्लाई हेरिरहेँ । त्याे बच्चा उस्ले त्यसरी बाेक्दा मेराे मनले भन्थ्याे “याे तिम्रै छाेरि हाे, यदि तिम्राे रगतकाे नभएपनि किनकि मेराे मन मुटुकाे साईनाे तिमिसँग जाेडिएकाे छ त्यसैले याे मेराे मुटुकाे टुक्रा तिम्राे काखमा लुटुपुटु गरेर निदाई” यति साेच्दा र सम्झँदा मेरा अाँखाभरि वर्षाका भेल वगेकाे मैँले पत्तै पाईन । साेच्दासाेच्दै म पनि उस्काे काँधमाथि निदाउन पुगेँछु, उस्ले मलाई सजिलो हाेस् भनेर हातको सिरानी बनाईदिएकाे रहेछ ।

बिहानिपख काठमाडौं अाईपुग्याे उस्ले मलाई मेराे नानी जिम्मा दिएर गयाे, म भने अझै मेराे गन्तव्य अाउनै बाँकी भएकाले त्यहाँ झरिन । म दाेधारमा थिएँ उस्ले मलाई राम्रासँग देख्यो देखेन या देखेर पनि चिन्याे चिनेन चिन्याे भने किन बाेलाएन चिनेन भने किन मलाई यत्रो सहयाेग गरेर पनि मेरो परिचय सम्म साेधेन । अाजसम्म मनमा पालेकाे मान्छे जस्लाई मैँले प्रेम व्यक्त गर्न नसकेपनि, काठमाडौंकाे त्याे रातकाे यात्राले एक रात भएपनि उस्काे अँगालाेमा बिताउन पाएँ, जुन जुनीभरि सम्झन लायक थियाे । जीवनभरिका लागि अविश्मरणिय थियाे त्यो रात, जब अाफुलाईभन्दा बढि माया अर्काेलाई गरिन्छ, अाफुँलाई बिर्सेर माया उस्काे लागि साँचिन्छ, त्याे बेलामा उस्काे बाेलि, छुवाई सब मिठाे अझ रात कुरै छाेडाै, त्यहि रातकाे सम्झनाले मात्रै पनि जीवन जीउन सक्छ मान्छे, स्वर्ग देख्न सक्छ मान्छे । त्याे अनाैठाे भेट मेरा स्वर्ग थियाे ।

जिज्ञासु पुष्पा
खाेटाङ दिक्तेल हाल गाईघाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको