सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं –इलामको माई नगरपालिकाबाट कनकाई नदीको पानीमा बाँसको चाली बनाएर काठ तस्करी गरी ल्याउँदै गर्दा रोक्ने क्रममा तस्करले वन सुरक्षा समितिका सदस्यमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।
दुई वटा बाँसको चालीमा करिब ४० क्युफिट परिमाणको साखु जातको काठ कनकाई माईमा बगाएर सुरुङ्गातर्फ ल्याउने क्रममा वन गस्तीसँग तस्करको मुठभेड भएको थियो। तस्करको खुकुरी प्रहारबाट कनकाई नगरपालिका–२ का मेघराज पौडेल, विनोद राई र डिबी राई गम्भीर घाइते भएका छन्। उनीहरूको विर्तामोडस्थित बिएण्सी अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये डिबी राईको टाउकोमा चोट लागेको छ भने अन्य दुई जनाको हात काटिएको छ। वन गस्ती टोलिमाथि आक्रमण गर्ने मध्येका एक जनालाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको छ। ६ जना समूहमा रहेका तस्करमध्ये स्थानीय धनबहादुर राईलाई प्रहरीले तत्काल घटनास्थलबाटै पक्राउ गरेको थियो। अन्य ५ जना फरार छन्।
तस्करले खुकुरी प्रहार गरेर वनका सुरक्षा गस्ती टोलीलाई घाइते बनाएपछि उक्त काठ प्रहरीले बरामद गरेको थियो। झापा र इलामको सिमानामा पर्ने दोमुखा क्षेत्रबाट दिनहुँ साखु जातका चिरान काठको तस्करी हुने गरेको स्थानीयबासीले बताएका छन्।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका