पहिरोले पुरीदा जीप चालकको मृत्यु

भदौ २७, २०७६

 काठमाडौं –  पाल्पाको तिनाउ गाउँपालिकाकाे दोभान हेडबक्स नजिकै शुक्रबार बिहान १०ः३० बजे खसेको सुख्खा पहिरोले लु १ ज २६१७ नम्बरको जीप पुरिँदा गुल्मी छापचौरका जीप चालक कमल परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जीप पुरिँदा गुल्मी छापचौरका जीप चालक कमल परियारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

सडकमाथिबाट खसेको ढुंगाले लागेर सोही जीपमा सवार ४ जना घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । घाइते चारै जनालाई उद्धार गरेर प्रहरीले लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको छ ।

त्यस्तै, लु २ च ५९३८ नम्बरको स्कार्पियो गाडी पनि सुख्या पहिरोमा परेको थियो । यद्यपि, स्कार्पियोमा सवार व्यक्तिहरू भने सकुसल रहेकाे प्रहरीले जनाएकाे छ ।

सुख्या पहिरो खसेपछि सिद्धबाबा राजमार्गको सडकखण्डकाे आवागमन प्रभावित हुन पुगेको थियो । पहिरो खसेको १ घण्टापछि सडकको अवरोध हटाएर सवारी एकतर्फी सञ्चालनमा ल्याइएको एसपी जीसीले जानकारी दिनु भयो ।

‘सुख्खा पहिरोपछि अवरुद्ध भएको सडक एकतर्फी खुलाएर सवारी आवागमन सञ्चालनमा आएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको