टेक फर नेपालको “सरर – हरेक यात्रा, पुन्य यात्रा”

३ वर्ष अगाडि

मोबाइल एप्लिकेसनबाट मोटरसाइकल र ट्याक्सीमा यातायातमा सेवा दिन अर्को नयाँ एप थपिएको छ। टेक फर नेपाल कम्पनीले आफ्नो नेपाली ब्रान्ड “सरर – हरेक यात्रा, पुन्य यात्रा” बाट यो सेवाको सुरुवात गरेको छ।

कम्पनिकी सिइओ राधा पन्थ बिमलिका अनुसार अहिले सरर नेपाल आइफोन र अन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ. सरर नेपालले परीक्षण सेवा सुरु गरिसकेको र औपचारिक रुपमा चाडैनै सेवा थाल्ने बताउछिन्।

सररले दिने जस्तै बाइक सेयरिङ सर्भिस सेवा यसअघि नै काठमाडौंमा पठाओ र टुटलले दिइरहेको छन्। यो बिषयमा सरर कसरी फरक र यात्रुका लागि कसरी फाईदाजनक भन्ने हाम्रो जिज्ञासामा कम्पनिकी सिइओ भन्नुहुन्छ,” प्यासेन्जरका हिसाबले सररमा यात्रा गर्दा अरु सेवा प्रदायकभन्दा ३०% सस्तो, एड्भान्स बूकिङ गर्न मिल्ने, २४ घण्टा सेवा, फराकिलो सर्भिस एरिया, काठमाडौंभन्दा बहिरका जिल्लामा पनि सेवा, सधैं जाने आउने ठाउँका लागि सस्तो प्याकेज, हरेक यात्राबाट रु १- सामाजिक कार्यको लागि जस्ता हाम्रा बिशेषताहरुले हामी अरु भन्दा फरक छौ।”

उहा थप्नुहुन्छ ,” त्यसैगरी हामी सँग आबध्धहुने सेवा प्रदायकलाई (CAPTAIN) न्युनतम ५% मा काम गर्न सक्ने गरी वा मासिक फिक्सड रकम तिरी कम्पनीका अनेक फाईदा हरु जस्तै फ्री सिम, फ्री डाटा, फ्री भोइस, फ्री बाईक सर्भिसिङ र अन्य सुबिधाहरु उपयोग गर्न सक्नुहुनेछ।

Appको  featureको कुरा गर्नुपर्दा हाम्रो बिशेषता के हुन जान्छ भने – सररबाट जुनसुकै समयको लागि अहिले तत्कालाई अर्डर राख्न सकिनेछ। Ride Later Optionले तपाईंलाई यो सुबिधा दिन्छ जस्बाट तपाईंले आफ्नो समयलाई ख्याल रखेर अर्डर राख्दा हतार गर्नु पर्ने झन्झट हट्ने छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट