कपिलवस्तुमा ट्र्याक्टर दुर्घटना २जनाको मृत्यु ५ जना घाइते

चक्र प्रसाद पोख्रेल भदौ २९, २०७६


कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।चार नम्बरबाट कोपवातर्फ जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्र्याक्टर कोपवा सडकखण्डमा दुर्घटनामा परेको हो । दुर्घटनामा ट्रयाक्टर चालक वाणगंगा–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र सोहि ठाउँका १५ वर्षीय रञ्जित बोटे माझीको ज्यान गएको प्रहरीे जनाएको छ । घाइतेमध्ये वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र यही ठाउँका १५ वर्षीय मनिस परियारको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचारका लागि बुटवल लगिएको छ ।अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको