सन्नी लियोनीको ‘पासवर्ड’ फलप

भदौ २९, २०७६
काठमाडौं- बलिउड अभिनेत्री सन्नी लियोनीले कम्मर मर्काएको नेपाली फिल्म ‘पासवर्ड’ प्रदर्शनमा आएको छ । प्रदर्शनको अघिल्लो दिन राजधानीमा तामझामका साथ फिल्मको प्रिमियर गरिएको थियो । जहाँ अभिनेत्री सन्नी पनि उपस्थित भएकी थिइन् । उनी यही फिल्मको प्रिमियरमा सहभागी हुनका लागि भारतबाट नेपाल आएकी थिइन् । गीतमा नाच्न भारतबाट लण्डन पुगेकी थिइन् ।
नेपालमा उनलाई पछ्याउने दर्शकको संख्या ठूलो भएका कारण ‘पासवर्ड’ ले घरेलु बजारमा राम्रो पैसा छाप्ने अपेक्षा निर्माण टिमको थियो । तर, फिल्मलाई प्रदर्शनको दिनदेखि नै दर्शकको खडेरी लागेको छ । शुक्रबार र शनिबार फिल्मले औसत व्यापार पनि गर्न नसकेको रिपोर्ट प्राप्त छ । बरु, यो फिल्मभन्दा राम्रो व्यापार शुक्रबारबाटै प्रदर्शनमा आएको अभिनेता जयकिशन बस्नेतको फिल्म ‘हिरो नम्बर वान’ ले गरेको छ ।
‘पासवर्ड’ को गीतमा नचाउन निर्माण टिमले सन्नीलाई २ करोड भारु तिरेको चर्चा छ । प्रिमियरमा उनलाई झिकाउन पनि निर्माण टिमले ठूलो रकम खर्च गर्‍यो । तर, फिल्मले सन्नीको खर्च त परको कुरा हलबाट पोस्टरको समेत पैसा उठाउन नसक्ने देखिएको छ । फिल्म नै कमजोर बनेको छ भने विश्व प्रख्यात सेलिब्रेटीलाई अभिनय गराउँदैमा महँगो टिकट काटेर दर्शक हल जाँदैनन् भन्ने एउटा गतिलो उदाहरण बनेको छ, ‘पासवर्ड’ ।
‘पासवर्ड’ मा बलिउड अभिनेत्री सन्नीको नृत्यसँगै अभिनय पनि रहेको भन्दै निर्माण टिमले ठूलै हल्लाखल्ला गरेको थियो । तर, फिल्ममा उनको अभिनय छैन । एक आइटम गीतमा नृत्य मात्र गरेकी छन् । प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको भए फिल्मको व्यापारमा ठूलो राहत मिल्ने थियो । तर, फिल्मले न प्रिमियरमा फिल्मकर्मी र पत्रकारबाट गतिलो प्रतिक्रिया पायो न त दर्शकबाट नै ।
https://www.youtube.com/watch?v=iu4pLuaGlLw&t=649s

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको