रुपन्देहीमा चल्यो गोली, एकको मृत्यु

भदौ २९, २०७६

रुपन्देही- रुपन्देहीको रोहिणी गाउँपालिका-३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए ।

कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए । उनको बायाँ कुममा गोली लागेको छ। गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् ।

उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् ।  घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको