युट्युबर र ज्ञानेन्द्र शाही समर्थकबीच ललितपुरमा झडप

भदौ २९, २०७६

ललितपुर– आफूलाई सामाजिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीले ललितपुरमा गरेको पत्रकार सम्मेलनमा झडप भएको छ । शाहीले प्रश्नकर्तालाई नै अपशब्द प्रयोग गरेपछि झडप भएको हो ।

नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि अभद्रव्यवहार गरेका शाहीले आज ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । युट्युबर र शाही समर्थकबीच झडप भएको प्रहरीले जनाएको छ ।

युट्युबरहरुले शाहीको एसएलसीको नक्कली प्रमाणपत्र, नक्कली नाम र दैनिक खर्चका विषयमा प्रश्न गरेका थिए । प्रश्नको उत्तर दिनेक्रममा शाहीले अपशव्द प्रयोग गरेपछि विवाद भएको थियो । विवादकै क्रममा शाही समर्थक र युट्युबरबीच झडप भएपछि प्रहरीले शाहीको उद्दार गरेको हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको