घुस दिन खोज्ने क्रममा बसका चालक पक्राउ

३ वर्ष अगाडि

काठमाडौं- बसका चालक सुकुराम तामाङलाई  घुस दिन खोज्ने क्रममा साँखु प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले साँखु नगरपालिका–६ स्थित सडकमा २७ गते राती १० बजे चेकिङ गरिरहेको अवस्थामा मापसे गरेर बस चलाएका तामाङले प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोजेका थिए ।

मापसे सेवन गरेर अनियन्त्रित रुपमा बा४ख ७२३६ नम्बरको बस चलाएका तामाङले आफूलाई छाडिदिन भन्दै  चेकिङमा खटिएका प्रहरीलाई ५०० रुपैयाँ घुस रकम दिन खोजको साँखु प्रहरीले जनाएको छ ।

सार्वजनिक यातायातमा मादक पदार्थ सेवन गरेर बस चलाउने र प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने जो कोहीलाई पनि नछाड्ने इन्सपेक्टरको पन्थीको भनाइ छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट