कार्यालय हिँडेकी  किशोरीलाई १० जनाको समुह द्धारा बलात्कृत

भदौ ३०, २०७६

काठमाडौँ- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेखुवानमा कार्यालय हिँडेकी १९ वर्षीया किशोरी १० जनाद्वारा बलात्कृत भएकी छिन् ।

 

आइतबार भारतिय सिमासँग जोडिएको सुस्तामा कार्यालय हिँडेकी  किशोरीलाई १० जनाको समुहले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । सामुहिक बलात्कार गर्नेहरु मध्ये ९ जनालाई पश्चिम नवलपरासीको प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाईकलको पछाडि बसेर आइतबार विहान करिव ९ बजे कार्यालय जाँदै गरेकी  १९ बर्षीया किशोरीलाई मोटरसाईकल चालकले रोकेर फोन गरिरहेको बेला ती किशोरीलाई मोटरसाईकलबाट अपहरण गरि नजिकै रहेको उखुबारीमा लगेर  १० जनाको समुहले पालैपालो बलात्कार गरेको  प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न हुनेहरुमा  १९ बर्षीय अमरनाथ भेडियार , सोही उमेरका पिन्टु राजभर, २२ बर्षीय सन्दीप यादव, सोह िउमेर समुहका शिवराज राजभर, राजु भेसहर, २५ बर्षीय मनमोन, राजभर , ३२ बर्षीय सुरेन्द्र यादव , बर्ष ३७ का भीमललवा मुसहर , ४० बर्षीय नेत्र चौधरी रहेका छन् ।

उनीहरु सबै सोही वडाका एउटै टोलवासी रहेको जनाईएको छ । पक्राउ परेका ९ जनालाई अदालतमा जवरजस्ती करणीको मुद्धा दायर गरिएको छ ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको