छोरा गुमाएको पीडामा पाल्पामा एक बृद्धले गरे आत्महत्या

भदौ ३०, २०७६

काठमाडौँ-  गएको शनिबार हृदयघातका कारण ज्यान गुमाएका त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक कृष्णप्रसाद तिमिल्सिनाका बाबु ६५ वर्षीय भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

रामपुर नगरपालिका–१० हेक्लाङ्मा सोमबार एका बिहानै भिमराजले घर नजिकै आत्महत्या गरेको छिमेकी तुल्सीप्रसाद भण्डारीले जानकारी दिनुभयो । पाल्पाको नर्सिङ कलेज, मिलेनियम कलेजमासमेत अध्यापन गराउने कृष्ण तिमिल्सिना तानसेनस्थित सूर्योदय केवल टेलिभिजनका अध्यक्ष पनि हुनुहुन्थ्यो ।

४० वर्षको उमेरमै छोराको ज्यान गएपछि कृष्णका बुवा विक्षिप्त हुनुभएको छिमेकीले जनाएका छन् । तीन दिनकोबीचमा बाबु छोराको ज्यान गएपछि अहिले हेक्लाङ् गाउँ शोकमा डुबेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको