रवि लामिछाने विरुद्ध अदालतमा अर्को मुद्धा दायर

३ वर्ष अगाडि

काठमाडौँ- सञ्चारकर्मी रवि लामिछाने विरुद्ध फेरि अर्को मुद्धा दायर भएको छ । न्युज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध उच्च अदालतमा अदालतको मानहानी गरेको मुद्दा दायर भएको हो ।

निर्मला हत्या प्रकरणमा मुछिएका दिलिपसिंह विष्टका दाजु खडक विष्टले यसअघि जिल्ला अदालत कन्चनपुरमा दायर गरेको मुद्दा खारेज भएपछि उनी उच्च अदालत पुगेका हुन् ।

विष्टले जिल्ला अदालतको फैसला बदर गरी लामिछाने र जिसीलाई अदालतको अवहेलना अभियोगमा सजाय गर्न माग गर्दै सोमबार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा पुनरावेदन दर्ता गराएका हुन् ।

बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीको सिधा कुरा जनतासंग कार्यक्रममा मुद्धा चलिरहेकी अवस्थामा अन्तरवार्ता लिएर अदालतको मानहानी गरेको भन्दै निवेदन दर्ता गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट