झापा कार्यालयमा प्रहरीको छापा विप्लव समुहका तीन जना पक्राउ

३ वर्ष अगाडि

काठमाडौ-  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ ।

त्यसक्रममा विप्लव समुहको मजदुर संगठनका मेची–कोसी व्युरोका संयोजक टीका पोखरल, मेचीकोशी व्युरो सदसस्य प्रविण मिश्र र अर्का एक जना रहेका छन् ।

पक्राउ परेका अर्का एकजना मकवानपुरका अनुल सारु मगर छन् । मगर विप्लवका कुन तहका नेता हुन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । त्यस्तै छापा मार्दा हतियारसमेत पक्राउ परेपनि प्रहरीले कति र कस्ता हतियार बरामद गरेको हो भन्ने खुलाएको छैन ।

चन्दा रसिद, लेटर प्याड लगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेशराज मैनालीले बताए । उनले केही बेरमा पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी गराइने पनि बताए ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट