पूजाको‘पोइ पर्‍यो काले’ सँग स्वस्तिमाको फिल्म ‘घामड शेरे’ एकै मितिमा भिड्ने

भदौ ३१, २०७६

काठमाडौं– गएको साउन अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले एक बयान दिइन्, ‘२० लाख पारिश्रमिक लिएपछि ५० लाखको दर्शक हलमा तान्न सक्नुपर्छ ।’ यो अभिव्यक्ति उनीमाथि निकै भारी पर्‍यो । उनले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर उक्त बयान दिएको भन्दै ठूलै हल्लाखल्ला भयो ।

एक फिल्ममा पूजाले २० लाख पारिश्रमिक लिएको खबर बाहिरिएकै समयमा स्वस्तिमाले यो अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि पूजाका फ्यान स्वस्तिमामाथि खनिए । राष्ट्रिय अवार्ड पाएपछि उनमा घमण्ड पलाएको भन्दै टिका-टिप्पणी पनि हुन थाल्यो । तर, उनले आफूले कसैप्रति लक्षित गरेर उक्त बयान नदिएको स्पष्टिकरण दिँदै आएकी छन् । पूजाले २० लाख पारिश्रमिक लिएको विषयमा आफू अनविज्ञ रहेको उनको दाबी छ ।

फिल्ममा अभिनय गर्नका लागि २० लाख पारिश्रमिक लिएपछि ५० लाखको दर्शक हलमा तान्न कलाकारले सक्नुपर्ने आफ्नो भनाईको उद्येश्य रहेको उनी बताउँछिन् । तर, यो बयानपछि पूजा र उनका प्रशंसकको आँखामा अभिनेत्री स्वस्तिमा तारो बनेकी छन् । यसैक्रममा, अब यी दुई अभिनेत्री पहिलो पटक बक्सअफिसमा आमने-सामने हुने भएका छन् । आउँदो कात्तिक ८ गते पूजा र स्वस्तिमाको फिल्म एकअर्कासँग भिड्ने निश्चित भएको छ । पूजाको प्रमुख भूमिका रहेको फिल्म ‘पोइ पर्‍यो काले’ सँग स्वस्तिमाको फिल्म ‘घामड शेरे’ एकै मितिमा भिड्न कस्सिएको छ । सोमबार यो फिल्मको फस्टलुक पोस्टरसहित प्रदर्शन मिति घोषणा गरियो ।

तिहारको विदा छोप्न दुबै फिल्मले कात्तिक ८ रोजेका हुन् । शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ मा पूजासँगै सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठलगायतको अभिनय छ । भने, ‘घामड शेरे’ लाई हेमराज विसीले निर्देशन गरेका छन् । यसमा स्वस्तिमाले आफ्नो श्रीमान् निश्चल बस्नेतसँग रोमान्स गरेकी छन् । सोमबार सार्वजनिक भएको यो फिल्मको फस्टलुकले धेरैको ध्यान खिचेको छ ।

जहाँ अभिनेता तथा निर्देशक निश्चललाई धुस्रेफुस्रे मुहारमा देख्न सकिन्छ । पूजा र स्वस्तिमाबीच शितयुद्ध चलेको अवस्थामा ‘पोइ पर्‍यो काले’ र ‘घामड शेरे’ बक्सअफिसमा भिड्ने भएपछि यसले फिल्मवृतमा ठूलै तरंग उत्पन्न भएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको