दसैँ र तिहारका लागि असोज १० गतेबाट नयाँ नोट वितरण

भदौ ३१, २०७६

काठमाडौँ- दसैँ र तिहारका लागि राष्ट्र बैङ्कले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैङ्कले जनाएको छ ।

बैङ्क तथा वित्तिय संस्थालाई भने असोज पहिलो साताबाटै नै नयाँ नोट वितरण गरिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले असोज १० गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने तर कुनकुन बैङ्कबाट नयाँ नोट वितरण गर्ने भन्ने निक्र्योल भइनसकेको जानकारी दिए ।

उनका अनुसार यो वर्ष १३ देखि १४ अर्व बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैङ्कको तयारी छ । त्यसमध्ये २ अर्व बराबरका खुद्रा नोट वितरण गरिनेछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको