घरमा आगलागी भएपछी गायक राजेश पायल राईले यस्तो भने

चक्र प्रसाद पोख्रेल भदौ ३१, २०७६


काठमाडौ –गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा बिजुली सर्ट भएर आगलागी भएको छ । सोमबार दिउँसो ३ बजे उनको घरमा आगो सल्केको थियो । राजशले पाएका अधिकांश सम्मानपत्रहरु आगलागीबाट नष्ट भएका छन् ।राजेश पायल सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरु आफ्नो कोठामा राख्दैे आएका थिए । सोही कोठामा बिजुली सर्ट भएर आगो लागेको हो । छिमेकी, प्रहरी र दमकलको सहायतामा आगो निभाइएको थियो ।
गायक राजेश पायल राईले भने अहिले सांगीतिक टुरका लागि विदेशमा छन् । घरमा केही मानिसहरु मात्र भएको अवस्थामा आगो लागेको थियो ।आगो लागेपछि राजेशले फेसबुकमा स्टाटस लेख्दै सबैभन्दा ठूलो समय नै भएको बताएका छन् । उनले लेखेका छन‘गल्ती, कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट पनि हुँदोरहेछ । उनैले दिए, उनैले लगे, उनैले दिनेछन एक दिन गल्ती नगरिकन । यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ परदेशी भूमिबाट हार्दिक नमन ।’उनले अवार्डहरु जले पनि दर्शकले दिएको माया कहिले नजलोस् भनेर कामना पनि गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको