सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
’काठमाडौं– आज विश्कर्मापूजा विज्ञान तथा वास्तु दिवस । प्रत्येक वर्ष आश्विन संक्रान्तिमा संयन्त्रको सिर्जना निर्माण गरिने कलकारखानामा भगवान विश्वकर्माको पूजा गरी विश्वकर्मापूजा एवं विज्ञान तथा वास्तुदिवस मनाइन्छ । यस अवसरमा फलामका औजार प्रयोग गरी सरसामग्री उत्पादन गर्ने र मर्मतसम्भार गरिने कार्यशाला तथा यान यन्त्रसाधनमा विश्वकर्मा बाबाको मूर्ति वा तस्वीर स्थापना गरी पूजा गर्ने चलन छ । समुद्र मन्थनबाट उत्पन्न १४ रत्नमध्येका विश्वकर्मालाई स्थापत्य उपवेद वा वास्तुशास्त्रका प्रणेता मानिन्छ ।
शास्त्रहरुमा उनले त्रिपुर,प्राचीन द्वारकालगायत महत्वपूर्ण दिव्य नगरको निर्माण गर्नुका साथै आसुरीवृत्तिमाथि विजयका निम्ति देवतालाई आवश्यक हातहतियार बनाएर लोकको कल्याण गरेको उल्लेख छ । कलकारखानामा भगवान विश्वकर्माको हर्षपूर्वक पूजाआजा गर्नुका साथै बढाइँसमेत गरेर प्रसाद वितरण गरिन्छ । यसरी पुजिएको विश्वकर्मा बाबाको मूर्ति जयजयकार गर्दै नदी तथा जलाशयमा लगेर सेलाई विश्वकर्माजयन्ती सम्पन्न गर्ने चलन छ ।
आजै घरभवन, मठमन्दिर,चैत्य चौतारीका साथै नगरवस्ती निर्माण गर्दा ध्यान दिनुपर्ने वास्तुशास्त्रको महत्व समाजमा स्थापित गर्न वास्तुदिवस मनाइन्छ । विश्वकर्मा वा वास्तुका अंगलाई आधार मानेर वास्तुको निर्माण गर्नुपर्ने पूर्वीय मान्यता छ । प्राकृतिक महातत्व आकाश, वायु,अग्नि,पृथ्वी र जलको अवस्थिति र दिशा निर्धारण गरी स्थापत्यको निर्माण गरिएमा त्यसबाट श्रीवृद्धि सर्वकल्याण हुने वास्तुविद्यामा उल्लेख छ । आजै वैज्ञानिक क्षेत्रमा विज्ञानका वरदान र यसबाट विश्वमा प्राप्त उपलब्धीबारे व्याख्या विवेचन गरी विज्ञान दिवस मनाइँदैछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका