कपिलवस्तुमा ज्युँदै जलाएर महिलाको हत्या गरेको आशंका

३ वर्ष अगाडि

काठमाडौँ-  कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्वर ६ मौवा बेरिहवाकी  २५ बर्षीया शिला नाउले आफैले शरीरमा मट्टितेल छर्केर आत्महत्या गरेको परिवारले बताए पनि माइतीजनले त्यो कुरा स्वीकार गरेका छैनन् ।

उनका परिवारजनले आफै जलेर मृत्यु भएको बताए पनि माइतीपक्षले आशंका गरे पछि घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै   उनका श्रीमान जगदिश नाउ र श्रीमति शिलाबीच  राम्रो सम्वन्ध समेत नभएको प्रहरीले बताएको छ ।

कसैले ज्युँदै जलाएर हत्या  गरेको आशंकासहित माइतीपक्ष छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आएको बताइएको छ ।

जगदीश र शिलाको बिबाह पाँच छ बर्ष अघि भएको र बालबच्चा भने नभएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट