एकै चोटी नागढुङ्गा र कलंकीबाट लागुऔषधसहित ३ जना पक्राउ

३ वर्ष अगाडि

काठमाडौं-  महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ गरेको हो ।

 बिर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४९१३ नम्बरको बसबाट झापा बिर्तामोड ६ घर भएका शंकर राजवंशीलाई लागूऔषध खैरो हेरोईन ३०.९० ग्रामसहित पक्राउ गरिएको हो ।

त्यस्तै धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसबाट सुनसरी धरान उपमहानगरपालिका वडा नं. ७ का २६ वर्षीय आशिष श्रेष्ठलाई लागुऔषध सहित  पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आषिश श्रेष्ठले ल्याएको लागूऔषध सुनसरीस्थित धरान उपमहानगरपालीका–१५ का प्रकाश तामाङले मगाएको देखिएको पनि प्रहरीको दाबी छ । नागढुंगामा पक्राउ परेका आषिशलाई साथमा लिएर प्रहरीले तामाङको खोजतलास गरेको थियो । सोही आधारमा प्रहरीले तामाङलाई कलंकीमा श्रेष्ठलाई कुरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका तिनैजना विरूद्व लागु औषध ऐनमा म्याद थप गरि अनुसन्धान सुरू गरिएको थानकोट प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट