सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
नयाँ दिल्ली- प्रहरीले महिलामाथि यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । भारतको असममा एक प्रहरीले तीन जना दिदीबहिनीसँग प्रहरी हिरासतमै कुटपिट गर्ने तथा उनीहरुमाथि यौन शोषण गर्ने गरेको खुलासा भएको हो । जानकारी अनुसार ती प्रहरीले महिलाको कपडा फुकालेर कस्टडीमै कुटपिट गरेका थिए ।
यो असमस्थित दारंग जिल्लाको घटना हो । एक महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले तीन जना दिदीबहिनीलाई पक्राउ गरेको हो । असमका डिजिपी कुलधर सैकियाका अनुसार थानाका सब इन्सपेक्टर महेन्द्र शर्मा र एक महिला कर्मचारी बिनिता बोरोलाई सस्पेन्ड गरिएको छ । गत १० सेप्टेम्बरमा तीन दिदीबहिनीमध्ये एक बहिनीका अनुसार, प्रहरीले आफूहरुलाई नाङ्गो बनाएर यौन शोषण गरेको उल्लेख गरेकी हुन् ।
तीन बहिनी २८, ३० र १८ बर्षका हुन् । ९ सेप्टेम्बर मध्यरातमा प्रहरीले उनीहरुको घरबाट तीन दिदीबहिनीलाई पक्राउ गरेको थियो । ती तीन दिदीबहिनीका भाइले एक हिन्दु महिलालाई बन्धक बनाएको आरोप लागेको थियो ।
प्रहरी उनीहरुको भाइ पक्राउ गर्न आएको थियो । ती दिदीबहिनीले भाइ केही दिनदेखि घरमा नभएको र सम्पर्कमा पनि नरहेको प्रहरीसमक्ष बताएका थिए । तर प्रहरीले दिदीबहिनीलाई नै पक्राउ गरेर लगेको थियो ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका