भोलि सार्वजनिक बिदा, हनुमानढोका,पाटन र राष्ट्रिय संग्रहालय निशुल्क प्रवेश

अशोज २, २०७६

काठमाडौं- संविधान दिवसका दिन भोलि सरकारले हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालय निशुल्क प्रवेश गर्न दिने भएको छ । मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो। २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा भोलि सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भने, ‘हनुमानढोका, पाटन र राष्ट्रिय संग्रहालय प्रवेशमा भोलि शुल्क लिइने छैन।’यस्तै, सरकारले २८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

नेपालको संविधानको २०७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम भीमबहादुर शेर्पासमेत २८२ जना कैदीहरुको कैद, दण्ड जारीवाना, बिगो र सर्वश्वसहितको बाँकी कैद सजाय माफी दिने सम्बन्धमा सम्मानीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता बाँस्कोटाले बताए ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको