राजधानीको टुँडिखेलमा भएको कार्यक्रममा सर्वसाधारण सहभागी हुनबाट बन्चित

अशोज ३, २०७६

काठमाण्डौ –  संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधारण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् ।

सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आव्हान गरिरहेका बेला राजधानीका टुँडिखेलमा विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधारण कार्यक्रम अवलोकन गर्नबाटै बञ्चित भएका हुन् । मूल कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउदै हटाएपछि सर्वसाधारण कार्यक्रम अवलोकन गर्नबाट बञ्चित भएका हुन् ।

राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्चपदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारीलगायतको उल्लेख्य उपस्थिति रहेको टुँडिखेलभित्र आयोजित विशेष कार्यक्रममा सर्वसाधारणले प्रवेश त पाएनन् नै सुरक्षाकर्मीले पर्खालमा बसेर हेर्न पनि दिएनन् । सबैलाई सहभागी भएर हर्षोल्लासपूर्वक संविधान दिवस मनाउन उर्दी पनि जारी गर्ने अनि कार्यक्रममा सहभागी हुन गएका सर्वसाधरणलाई कार्यक्रम हेर्नबाटै रोक्ने सरकारको व्यवहारले सर्वसाधरणलाई निकै दु:खी बनायो ।

संविधानमा सबैको अपनत्व महसुस गराउनका लागि सबैको अनिवार्य सहभागिताको कुरा सरकारले जोड–जोडले गरेको भए पनि सर्वसाधरणलाई मुख्य कार्यक्रम हेर्नबाट रोक लगाएपछि टुँडिखेल पुगेर कार्यक्रम हेर्न नपाएका सर्वसाधरण सरकारप्रति रुष्ट देखिएका थिए ।

संविधान दिवस मुलुकभर मनाइएको छ । संघीय सरकारले मूल कार्यक्रम राजधानीको टुँडिखेलमा आयोजना गरेको हो । त्यसैगरी प्रत्येक प्रदेशमा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुखहरुले सम्बोधन पनि गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको