मिथिलाअञ्चलमा जितिया पर्व आजबाट विधिवतसुरु

चक्र प्रसाद पोख्रेल ३ वर्ष अगाडि


काठमाडौं –मिथिलाञ्चलमा मनाउने जितिया पर्व शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ । सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै यो पर्व मनाउने गरिएको छ ।आजबाट विधिवत सुरु भएको जितिया पर्व आइतबार समापन हुनेछ । महिलाहरुले २४ देखि ३६ घण्टासम्म पानीसमेत नखाइ व्रत बस्ने हुनाले यो पर्व कठोर मानिन्छ ।
जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । तीनदिनसम्म चोखो एवम पवित्र भएर मनाइने यो पर्वको पहिलो दिन शुक्रबार ‘नहाय खाय’ अर्थात् चोखो भएर पर्वको सुरुवात गरिन्छ । त्यस्तै, शुक्रबार राति मिष्ठान परिकार बनाएर न दर खाइन्छ । पर्वको मुख्य दिन शनिबार निराहार व्रत बस्ने गरिन्छ । जितिया पर्वमा जितवाहन भगवानको व्रत तथा उपासना गर्ने गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट