‘२२औं बुढासुब्बा गोल्डकप’ आगामी मंसीरमा हुने

अशोज ५, २०७६

काठमाण्डाै – मोफसलको चर्चित फुटबल प्रतियोगिता ‘२२औं बुढासुब्बा गोल्डकप’ आगामी मंसीरमा हुने भएको छ । धरान फुटबल क्लबले विज्ञप्ती जारी गर्दै प्रतियोगिता १९-२८ मंसीरमा हुने जानकारी दिएको छ । एन्फाले प्रस्ताव गरेको मिति मध्ये धरान फुटबल क्लबको कार्यसमिति बैठकले यो मिति छनाेट गरेको जनाएको छ ।

प्रतियोगिता आयोजनाका लागि उपसमितिहरु समेत गठन गरेको छ । नरेन्द्र चोङबाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक उपसमिति गठन गरेको छ । सुदिप उप्रेतीको संयोजकत्वमा दुई सदस्यीय मैदान मर्मत उपसमिति, सतिस केसीको संयोजकत्वमा तीन सदस्यी टिम तथा होटल व्यवस्थापन उपसमिति, प्रताप तामाङको संयोजकत्वमा दुई सदस्यीय प्रचार प्रसार उपसमिति गठन भएको विज्ञप्तीमा उल्लेख छ ।

बुढासुब्बा गोल्डकप २२औं संस्करणको लागि पुरस्कार राशी पहिलोलाई आठ लाख र दोस्रोलाई चार लाख रहेकोमा यसपटक बृद्धि भएर दश लाख र पाँच लाख हुने धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिएका छन्  ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको