फेरी बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

३ वर्ष अगाडि

काठमाण्डाै – साताको पहिलो दिन अर्थात आइतबार पनि सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ३ सयले महंगिएको हो ।

हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट