गजल : समिर संगम

अशोज ६, २०७६

खोज्नुहोस् गरिबको परिभाषा झुप्रोमा हुन्छ
खरानी हावामा हुन्छ अङ्गार अगेनोमा हुन्छ

बुझ्नु होस् बधाई र बिदाइमा फरक यत्ती हो
बस एउटा डोलामा हुन्छ अर्को कात्रोमा हुन्छ

माफ ! गर मैले दुई हात नभएर भर्न सकिन्
के हेर्नु अर्कैको सिन्दुर तिम्रो सिउदोमा हुन्छ

तिमिले त्यो मुटु फलाम कै बनाए पनि के भो
बुझ प्रायः फलामको परिक्षण आगोमा हुन्छ

खुशी खोज्दा अभावको भेलले बगाइ दियो
गरिबी जिवनको प्रत्येक खुड्किलोमा हुन्छ

– समिर संगम 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको