राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

अशोज ७, २०७६

 काठमाडौं-  राष्ट्रकवि माधवप्रसाद घिमिरे विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका  आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा  सिर्जना दिँदै आइरहेका छन् ।

घिमिरे दीर्घजीवन ज्युने साहित्य सर्जकमध्ये एक हुन्  । अघिल्लो वर्ष उनको स्वास्थ्यमा समस्या आएको थियो । भारतबाट उपचार गरेर फर्किएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।

घिमिरेको जन्मदिनका अवसरमा विभिन्न व्यक्तित्वहरूले उनको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै घिमिरेबाट देशले अझै सिर्जना प्राप्त गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले एक ट्विट गर्दै लेखेका छन्–नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् ।’

328
SHARES

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको