लक्ष्मी निर्मलको ‘मायाको मिटर’ मा अञ्जली र निराजनको रोमान्स (भिडियो सहित)

अशोज ७, २०७६

काठमाडौं- लक्ष्मी निर्मल कोइरालाको स्वरमा रहेको गीत ‘मायाको मिटर’ सार्वजनिक भएको छ ।

हिमाल सागरको शब्द/सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएकाले दर्शक/स्रोताले मन पराउने कोइरालाको भनाइ छ ।

-भिडियो 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको