काभ्रेमा भएको बस दुर्घटनामा परि १० घाइते

अशोज ९, २०७६

काठमाडौँ-  काभ्रे कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाँउपालिकामा  बस दुर्घटना भएको छ ।

कोशीपारिकै चौरीदेउराली मादन कुडारीबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख ६३८६ नम्बरकोबस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन । जिल्ला प्रहरी काभ्रेका अनुसार ६ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाएको प्रहरी कार्यालय दोलालघाटले जनाएको छ । सडकमा गाडी आफैँ पल्टिएको थियो । बसमा ५० भन्दा धेरै सवार थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको