सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ- जुम्लाको अर्गानिक स्याउ लिएर सिंजा गाउँपालिका-२ की निर्मला आचार्य स्याउ बिक्री गर्न यतिबेला धादिङवेशी आइपुगेकी छिन् ।
निर्मलालगायत ७ जना स्याउ कृषकको टोली यतिबेला धादिङवेशी बजारका टोल टोलमा स्याउ बेचिरहेका छन् । जुम्लादेखि नेपालगन्जसम्म एउटा गाडीमा, त्यसपछि मलेखुसम्म अर्को गाडीमा र मलेखुदेखि धादिङवेशीसम्म अर्को गाडी गर्दै उनीहरु धादिङ आइपुगेका हुन्।
७ दिन लगाएर १० भन्दा बढी जिल्ला पार गर्दै धादिङवेशी आइपुगेका उनीहरुले प्रतिकिलो १ सय ५० का दरले स्याउ बिक्री गरिरहेका छन् । करिब ५० कुइन्टल स्याउ लिएर धादिङ आएको उनीहरुको टोलीले यतिबेला आधाजसो स्याउ बेचिसकेका छन् ।
विदेशी स्याउ ३ सय रुपैयाँ तिर्नेहरु जुम्ली स्याउ १ सय ५० रुपैयाँमा पाउँदा पनि महंगो भयो भन्दा चित्त दुखेको उनले बताइन्। जुम्लाका बगैचामा स्याउ टिपेको ३५ दिनपछि धादिङमा ल्याइएको अर्का कृषक प्रकाश आचार्यले बताए । उनले भने, हामीले विषादी हालेका छैनौं, मौरी मर्छन भनेर हामीलाइ विषादी हाल्नै दिइदैन पनि। चिसो हावापानीमा फलेको स्याउ विदेशी स्याउको तुलनामा धेरै फाइदाजनक छ । र पनि यहाँका स्थानीय जुम्लाका स्याउ हेला गर्छन् ।
जुम्लामै प्रतिकेजी ८० रुपैयाँको दरले स्याउ खरिद गरेर ल्याएको विजकन्याले बताइन्।धेरै समय राख्न नसकिने भएपछि स्याउ बेच्न हिँडेको तारा जिसीले दुखेसो पोखिइन।’ गाउँमा भण्डार गर्ने ठाउँ छैन । दुई तीन महिनापछि कुहिन थाल्छ, ‘ताराले भनिन्, ‘ शीतभण्डारण नभएकाले यसरी घर घर चहारेर बेच्नु परिरहेको छ ।
चीन तथा भारतबाट भित्र्याइएका स्याउको बजार मुल्य अहिले २ सय ५० देखि ३ सयसम्म छ। ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका