लागुऔषधसहित दुई जना महोत्तरीको मनराबाट पक्राउ

अशोज १०, २०७६

काठमाडौँ-  महोत्तरी प्रहरीले बिहीबार राती महोत्तरीको मनरा सिस्वा नगरपालिका–२ ईटहरवाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर–१२ बिजलपुरा टोल घर भएका वर्ष २८ का सुरेन्द्र कुमार महतो र सोही वडा घर भएका वर्ष २८ कै दीलिप महतो रहेका छन ।

दुबै जना ज १२ प ८२०९ नम्बरको मोटरसाइकलमा भारतबाट बर्दिवासतर्फ जाँदै थिए । मनरा सिस्वा नगरपालिका–२ ईटहरवा पुगेपछि प्रहरीको गस्ती टोलीको चेक जाँचमा परी उनीहरु पक्राउ परेका थिए । प्रहरीले उनीहरुको झोलाबाट लागु औषध एक्सप्लोन १ सय एम एल को ५० सि सि, एसपास्मो क्याप्सुल ८ थान नाइट्रोजन टयाबलेट १० थान नाईट्रो भेट टयाबलेट १५ थान बरामद गरेको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको  छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको