कैदिहरु भाग्ने क्रम बढ्दो सुरक्षामा लापरबाहि

अशोज १०, २०७६

 काठमाडौं-  गत ७ भदौमा तीनकुनेबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा एकैचोटि तीनवटा मोटरसाइकललाई ठक्कर दियो । दुर्घटना बढेपछि टिपरलाई राति मात्र ‘रिङ रोड’ प्रवेश गर्न दिने निर्णय भएयता घटेको गम्भीर र भयानक घटनामध्ये थियो यो ।

महानगरीय प्रहरी वृत्त, गौशालाले ठक्कर दिने ना ३ ख ४३१७ नम्बरका टिपर चालक २८ वर्षीय सोनाम तामाङलाई नियन्त्रणमा लियो । तामाङमाथि लागेको सवारी ज्यानको अभियोगमा आइतबार जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस भइरहेको थियो । तामाङले सोचेका रहेछन्, ‘न्यायाधीशले धरौटीमा छाड्न आदेश दिन्छन् ।’ तर, जब पूर्पक्षका लागि थुनामा पठाउने आदेश भयो, उनी खङ्रङ भए । साथमै रहेका प्रहरी जवानलाई तामाङले शौचालय जाने संकेत गरे । जवानले एक हातको हत्कडी खोलिदिए र कुर्न थाले । करिब ४ मिनेटसम्म पनि उनी ननिस्किएपछि प्रहरी जवानको मनमा चिसो पस्यो ।

गौशाला प्रहरीका एक अधिकृतका अनुसार शौचालयको ढोका ढक्ढक्याउँदा पनि चालचुल नसुनिएपछि तामाङ भागिसकेको खुल्यो । उनी आल्मोनियमको झ्याल खोलेर बाहिर निस्किएर भागेको प्रहरीले पत्तै पाएन । प्रहरीले तत्काल खोजी थाले पनि उनी अनामनगर पुगिसकेका थिए । केही घन्टामा उनी पुनः नियन्त्रणमा आए र अहिले केन्द्रीय कारागारमा राखिएको छ । पक्राउ परिसकेपछि तामाङले भनेका छन्, ‘दशैं मनाउन नपाउने भएँ भनेर भागेको थिएँ । तर, फेरि समातिएँ ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारको थुनुवा कक्षबाट २५ साउनमा चोरी मुद्दाका चार आरोपित भागे ।प्रहरी कार्यालय र हिरासतलाई सबैभन्दा सुरक्षित मानिने गर्छ । तर, हिरासत ब्रेकका घटनाक्रमले मुलुकको सुरक्षाका लागि अंग्रपङ्तिमा रहने नेपाल प्रहरीका फौजीको असंवेदनशीलतालाई पनि उदांगो पारेको छ ।
सिंहदरबारका डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार हिरासतको ‘भ्यान्डिलेसन’ काटेर भागेका मध्ये सुब्बा लामा र अनिल थापालाई तत्काल नियन्त्रणमा लिइएको थियो ।

अर्को दिन दक्षिणढोकाबाट सुकलाल वाइबा पनि समातिए । तर, तेस्रो अभियुक्त मदन तामाङ अझै भेटिएका छैनन् । घटनाबारे चासो सेलाउँदै गएपछि प्रहरीको निगरानी पनि पातलिँदै गएको सिंहदरबार प्रहरीका एक कनिष्ठ अधिकृत बताउँछन् । यो प्रकरणबारे छानविनका लागि गठित प्रहरी उपरीक्षक (एसपी) अशोक सिंह नेतृत्वको समिति स्रोतका अनुसार अभियुक्तलाई खाना लगिएको ‘टिफिन’ बट्टामा राखेर ह्याक्सो ब्लेड हिरासतसम्म पुर्‍याइएको थियो ।

बाहिरबाट लगिएको खानेकुरा परीक्षणपछि मात्र हिरासतमा रहेका व्यक्तिलाई दिइन्छ । तर, भातले छोपेर राखिएकाले ‘ह्याक्सो ब्लेड’ नदेखिएको प्रहरी अधिकृत दाबी गर्छन् । यो प्रक्रियामा संलग्न ३ जना प्रहरीलाई माथिल्लो निकायले निलम्बन गरेको छ । लगत्तै काठमाडौं प्रहरीले सबै प्रहरी वृत्त र प्रभागमा छड्के जाँच गरेर हिरासत कक्षको अनुगमन पनि गरिसकेको छ । यद्यपि, अभियुक्त भाग्ने क्रम अझै रोकिएको छैन ।

यो घटनाको ठ्याक्कै एक महिनाअघि २५ असारमा पनि सिंहदरबार प्रहरीकै अधिकृतका सामुन्ने बैंकिङ कसूरका अभियुक्त रामबोल खड्का फरार भएका थिए । उच्च अदालत, पाटनमा म्याद थप गर्न लगिएका खड्का पनि शौचालयबाटै भागेको प्रहरीले बताएको थियो । अर्को दिन मूलपानीबाट पक्राउ पर्दा उनले लाखौं रुपैयाँ ऋण भएका पीडितको घेराबन्दीमा पर्ने डरले भागेको बयान दिएका थिए ।

ललितपुर प्रहरी मातहतको प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाट पनि २४ असारमा तीन जना थुनुवा फरार भएका थिए । लागूऔषध कारोबार मुद्दाका रविकुमार तिम्सिना, डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ शौचालयको ग्रिल काटेर भागेको खुलेको थियो । प्रकरणको छानविनका लागि एसपी दुर्गा सिंह नेतृत्वको समिति पनि बन्यो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी समेतको स्थलगत अनुगमनपछि ड्यूटीमा रहेका असई, हिरासत कमाण्डर हवल्दार र राति ड्यूटीमा खटिएका जवान गरी ३ जनालाई निलम्बन गरिएको थियो ।

फरारमध्ये माझी र श्रेष्ठलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले एकदिनपछि बौद्धको जम्बु डाँडाबाट पक्राउ गर्‍यो । तर, अहिलेसम्म तिम्सिना पक्राउ परेका छैनन् । प्रहरी कार्यालय र हिरासतलाई सबैभन्दा सुरक्षित मानिने गर्छ । तर, प्रस्तुत घटनाक्रमले आमजनमानसमा रहेको यो दृष्टिकोणमाथि प्रश्न मात्र उठाएको छैन, अंग्रपङ्तिमा रहने देशको सुरक्षा निकायमा कार्यरत् फौजीको असंवेदनशीलतालाई पनि उदांगो पारेको छ ।

तथ्यांकअनुसार काठमाडौंबाट ५, मकवानपुर, कैलाली र बाँकेबाट ४/४ जना, चितवनबाट ३, मोरङबाट २ र पाँचथर, झापा, काभ्रे, भक्तपुर, स्याङ्जा, कास्की, बर्दिया, दाङ र सिन्धुलीबाट एक/एक जना भागेका छन् । तीमध्ये कति पक्राउ परिसके भन्ने विवरण प्रहरी प्रधान कार्यालयसँग छैन ।

अनलाईन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको