नजिकिदै गरेको दशै संगै भारतीय सीमामा बढ्यो लुटेरा आतंक

अशोज १०, २०७६

काठमाडौँ-  वर्षभरि मजदुरी गरेर दसैं मनाउन भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका सुदूरपश्चिमेली युवा धमाधम घर फर्कन थालेका छन् । कञ्चनपु्रको गड्डाचौकी नाकामा अहिले स्वदेश फर्कनेहरूको घुइँचो देखिने गरेको छ ।

भारतमा घर फर्कने नेपालीले सीमामा भने निकै सास्ती खेप्नुपरेको छ । आफूहरूले कडा मिहिनेत गरेर कमाएको र खाईनखाई जोगाएको पैसा बाटोमै लुटिने गरेको नेपाल फर्कंदै गरेका युवा बताउँछन् । उनीहरूका अनुसार घर फर्कंदै गरेका नेपालीले सीमानाकामा दुव्र्यवहार त खेप्नुपर्छ नै, अनावश्यक पैसासमेत बुझाउनुपर्छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले चाडपर्बका वेला भारतबाट लुटिएर आएका नेपालीलाई विभिन्न संघसंस्था एव यातायात व्यवसायीसँग समन्वय गरेर घर पठाइरहेको बताए । ‘नशालु पदार्थ खुवाएर लुटिएकालाई उद्धार गरेर उपचार गर्छौँ,’ चन्दले भने, ‘उपचार गरेपछि घरपरिवारलाई सम्पर्क गर्छाैँ, घरपरिवारसँग सम्पर्क नभए विभिन्न निकायसँग समन्वय गरेर घर सम्म पठाउने गरिरहेका छौँ  ।’

भारतका विभिन्न सहरबाट मजदुरी गरेर फर्कने नेपाली मजदुर बीच बाटामै विष मिसाएको खानेकुरा खुवाएर लुटिने घटना बर्सेनि भइरहन्छन् । अर्काको ठाउँमा पसिना बगाएर सस्तोमा श्रम बेचेर कमाएको पैसा पनि घर पुर्याउन नपाउने अवस्था अन्त्य गर्न सरोकारवालाबाट पहल नभएको उनीहरूको गुनासो छ । दसैँ–तिहार मनाउन भारतमा रोजगारीमा रहेका हजारौँ नेपाली घर फर्किरहेका छन । तिनीहरूमध्ये केही नेपाली भारतमै केही, सीमा क्षेत्र र केही नेपालमै लुटिन थालेका छन । लुटेरा समूहले भारतको बसपार्कदेखि नै पिछा गरेर आउने गरेका छन । आफन्त बनेर भारतबाट सँगै आएका व्यक्तिबाट लुटपाटका घटना भइरहेको पीडितहरूको भनाइ छ । लुटिनेहरू केही प्रहरीको सम्पर्कमा आउँछन् भने केही आउँदैनन् ।

बाटो र सीमामा हुने लुटपाट र ज्यादतीले मजदुरी गर्ने कतिपय नेपालीलाई दसैंमा घर फर्कनै नसकिने अवस्थामा छन । सीमा नाकामा पनि उनीहरूले अनावश्यक सास्ती खेप्नुपर्ने स्थिति छ । ‘दसैंका लागि घर फर्कने बेला सीमामा सधैं दुःख भोग्नुपर्छ । वर्षभरि अर्काको ठाउँमा पसिना बगाएर कमाएको दुई पैसा र घर सम्म पुग्न निकै गाह्रो छ । सिमामा भारतिय प्रहरीले दिने दुख सम्झीन्छन ।  दसैंका लागि घर फर्कने नेपालीहरूमाथि हुने ज्यादती हुन नदिन चाडबाडका वेला लुटपाटमा परेका विभिन्न प्रकृतिका पीडित व्यक्तिको सहयोगका लागि प्रहरीले सीमा क्षेत्र गड्डाचौकी र महेन्द्रनगरमा हेल्प डेस्कसमेत राखेको प्रहरी प्रवक्ता चन्दले बताए ।

सीमा क्षेत्रमा पनि चेकजाँचको बहानामा ज्यादती हुने गरेको छ । भारतबाट रोजगारी गरी घर फर्किएकाहरूले सीमा क्षेत्रमा वारिपारि दुवै ठाउँमा अनावश्यक दुःख दिने गरेको पाईन्छ । ‘तिहारका वेला दुवै देशका सीमा अधिकारीले समन्वय गरेर लुटपाट र ज्यादतीका घटना न्यूनीकरण गर्नु मजदुरलाई आवागमनमा सुरक्षित बनाउन पहल गरिनु पर्ने पिडितहरु बताउछन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको