सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ- कृषि विकास बैंकको रकम ह्याकिङ गरेर निकाल्ने कार्यमा संलग्न थप दुईजना शुक्रबार पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार महेन्द्रनगर र पर्वतबाट एक/एकजना पक्राउ परेका हुन्।
बैंकको महेन्द्रनगर शाखाबाट यज्ञराज भट्ट पक्राउ परेका छन् । ह्याकरले उनको खातामा ४५ लाख रुपैयाँ पठाएका थिए। यस्तै, पर्वतबाट मालतीदेवी न्यौपाने भट्टराई पक्राउ परेकी छन्। उनको खातामा ह्याकरले २४ लाख रुपैयाँ पठाएको महाशाखाले जनाएको छ।
बिहीबार निर्माण व्यवसायीसमेत रहेका रामकृष्ण भुसाल पक्राउ परेका थिए। बैंकको लहान शाखामा रहेको ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याकरले विभिन्न व्यक्तिको खातामा पठाएर निकालेका थिए। घटनामा संलग्न मुख्य ह्याकर काले भनिने पिटरसहित अन्य नेपाली पक्राउ पर्न बाँकी छ।
योसँगै बैंकको रकम निकाल्ने कार्यमा संलग्न १५ जना पक्राउ परेका छन्। यसअघि आइतबार नुवाकोट मेघाङ गाउँपालिका–४ का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं तारकेश्वर काभ्रेस्थलीका सञ्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ र निमा तामाङ पक्राउ परेका थिए।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका