साताको पहिलो दिन आइतबार सुनको भाउ घट्यो

३ वर्ष अगाडि

काठमाडौं-  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  सुन तोलामा ६ सय रुपैयाँले सस्तो भएको छ।

शुक्रबार प्रतितोला ७२ हजार ८ सय रुपैायँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ७२ हजार २ सय रुपैयाँ तोकिएको छ। दशैंको पहिलो दिन नेपाली बजारमा सुन सामान्य सस्तो भएको महासंघले जनाएको छ ।

सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। चाँदी प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ शुक्रबार प्रतितोला ८६० रुपैयाँ थियो।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट