विराटनगरको झमेली चोकबाट लागुऔषधसहित दुई पक्राउ

अशोज १२, २०७६

 काठमाडौँ-  विराटनगर-१३ झमेली चोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जतुवाबाट खटिएको प्रहरी टोलीले शनिबार राति ११ बजे उक्त चोकमा पैदल हिँडिरहेका धरान उप-महानगरपालिका-८ का ४६ वर्षीय पूर्णबहादुर तामाङ र धरान ११ का ४१ वर्षीय सुवास राईलाई पक्राउ गरेको हो।

उनीहरूको शरीर तलासी लिँदा डाइजोल्याप ११० एम्पुल, लुपिजेसिक ११० एम्पुल र एभिल ११० एम्पुल बरामद भएको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको